३ चैत ।
प्रतिनिधि सभाको आजको बैैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । बैठक पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँ विसं २०७० को संविधान सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षको उमेरमा गएको माघ १ गते निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसो १ बजे बस्नेछ ।

अघिल्लो सामग्रीमाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित
यसपछिको सामग्रीसिन्धुलीमा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते