हेटौंडा, १२ चैत ।
हेटौंडा उपमहानगरपालिकाका दुई जना लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हेटौंडा ४ का ३६ वर्षीय शिशिर राज जोशी र हेटौंडा ८ का २५ वर्षीय सुसान्त नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारीस्थित सडकबाट लागुऔषध ओनेरएक्स १२ बोतलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ८३२७ नंबरको मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको उक्त परिणामको लागुऔषध फेला परेका उनीहरुमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

अघिल्लो सामग्रीचाडपर्व घरैमा मनाउन मकवानपुर प्रसाशनको अनुरोध
यसपछिको सामग्रीआँखा पोल्ने धुँवा, दिर्घकाल सम्म असर देखिन्छ