हेटौंडा,१७ चैत ।
नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दिने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दिने भएको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो ।

त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जानुभएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

सर्वाेच्चको फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट रहँदै आएको छ ।

अघिल्लो सामग्रीपढेलेखेकै परिवारका जेष्ठ सदस्य वृद्धआश्रममा छन्ः नेपाल
यसपछिको सामग्रीहेटौंडा उपमहानगर भित्रका निजी बिद्यालयहरु भोली देखि खुल्ने