चैत २ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताहरुले बोलेका छन् । अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको बैठकले सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उहाँले बताउनुभयो । अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।
मुख्य समाचार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित