मकवानपुरगढी, चैत
वाग्मती प्रदेश मकवानपुरको मकवानपुरगढीमा आजबाट ५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मत्रालय बाग्मती प्रदेशको आयोजना एवम् सञ्चार रजिष्टारको कार्यालय बाग्मती प्रदेश हेटौंडाको समन्वयमा तालिम कार्यक्रम सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका मुख्य सचिव मानबहादुर विकेले कार्यक्रमको उद्घाटन गर्दै प्रविधिको प्रयोग बढेसँगै विकृतिहरु पनि बढ्दै गएको बताउनुभयो । उहाँले हतारोमा समाचार सम्प्रेषण गर्ने होडवाजी बढेका कारण पनि पत्रकारिता पेशाको विश्वस्नियता घटेको जिकिर गर्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव मदन भुजेलले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्टले पत्रकारिता पेशा गरेर बाँच्न सकिने उल्लेख गर्नुभयो । उहाँले पत्रकारिता पेशालाई समाजमा विश्वासको वातावरण बनाइ राख्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि सञ्चार रजिष्टार कार्यालयका प्रमुख रेवति सापकोटाले तालिममा सिकेका कुरालाई व्यवहारत लागु गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका ११ जिल्लाका २० जना पत्रकारको सहभागिता रहेको छ । आगामि ९ गते सकिने तालिमको सहजिकरण उमेश श्रेष्ठ र प्रवेश सुवेदिले गर्नहुनेछ ।

अघिल्लो सामग्रीआक्रोशित अरुण, नम्र न्यौपानेलाई आग्रह: गरिमा नगिरोस्
यसपछिको सामग्रीनेपाल खनाल समूहको देशैभर समानान्तर भेला