हेटौंडा ११ चैत ।
विगत दुई महिनादेखि बन्द गरिएको हेटौंडा–काठमाण्डौ मार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडक खण्ड आजबाट सञ्चालनमा आएको छ । सडकमा स्लाब ढालन गर्ने काम सकिएको र पीच गर्ने काम मात्र बाकी रहेकोले यातायाता सुचारु गरिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले वताउनुभयो ।
अब पीच गर्ने काम सक्नेगरी काम थालिने छ । यो सडकको ८० प्रतिशतको काम सकिएको जनाइएको छ ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी ३४ करोड बजेट विनियोजन भएको थियो ।