चैत ४ ।
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले गत फागुन २८ गतेको भेला नसच्चिए पार्टी एक हुन नसक्ने बताउनुभएको छ । बुधबार ललितपुरमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले फागुन २८ गतेको गुटको निर्णयलाई सच्याउने स्थिति बनेको खण्डमा पार्टी एक हुन सक्ने बताउनुभएको हो । भेलामा शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गते गरेका गुट भेलाको निर्णयलाई खारेज गर्दै भेलामा सहभागी हुन आग्रह गर्नुभयो । शाक्यले आफूहरुले एमालेलाई विभाजन नभइ बलियो बनाउन चाहेको बताउनुभयो । शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।

अघिल्लो सामग्रीसंसद विघटन फेरि पनि हुनसक्छ: प्रधानमन्त्री ओली
यसपछिको सामग्रीआक्रोशित अरुण, नम्र न्यौपानेलाई आग्रह: गरिमा नगिरोस्