हेटौंडा, १७ चैत ।

नेकपा एमालेको असन्तुष्ट पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथिको कारबाही अस्वीकार्य भएको बताएको छ ।

नेपाल र रावललाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्वन गरेको विषयमा छलफल गर्न बसेको सो समूहको वैठकले कारबाही अस्वीकार्य भएको जनाएको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सत्ताको दुरुपयोग गरी तानाशाही लाद्न खोजेको आरोप समेत लगाएको छ ।

आज नेपाल समूहमा रहेका ११ जना स्थायी समिति सदस्यको वैठकले नेपाल र रावलमाथिको कारबाही पार्टी विधान विपरित भएको जिकीर गरेको छ ।

वैठकपछि ११ जना स्थायी समिति सदस्यहरुले जारी गरेको संयुक्त वक्तब्यमा कारबाहीको कदम पार्टी विधान, पद्धति र मान्यता विपरित भएको भन्दै त्यसको भत्र्सना गरिएको छ ।

अध्यक्ष ओलीले गर्ने कारबाहीलाई एमाले विधानले नचिन्ने भन्दै जस्तोसुकै कारबाही गरे पनि आफूहरुले नमान्ने पनि उनीहरुले बताएका हुन् ।

संयुक्त वक्तब्य जारी गर्नेहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराइ र घनश्याम भुसाल रहेका छन् ।

अघिल्लो सामग्रीहेटौंडा उपमहानगर भित्रका निजी बिद्यालयहरु भोली देखि खुल्ने
यसपछिको सामग्रीमुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता