मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । त्यस्तै अग्लो राजनीतिक इतिहास बोकेकी नेत्री हुन् मुनु सिग्देल । तत्कालीन एमालेमा हुँदा देशभरबाट एक्लो महिला अध्यक्ष बनेर इतिहास रचेकी मनु विभाजनअघिको नेकपाको मकवानपुर जिल्ला अध्यक्षको भूमिकामा छिन् । पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी उनले तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गरिन् ।

३० वर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मुनुको पारिवारिक परिचय अझै चर्चित छ । उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालीन एमालेका सांसद विरोध खतिवडाकी श्रीमती र मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन् । प्रतिनिधिसभाको निर्वाचन ०७४ मा श्रीमान् विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट । मुनु त्यहाँको प्रदेश सांसद छिन् ।

सर्वोच्चले नेकपाको आधिकारितासम्बन्धी लडाइँमा ऋषि कट्टेलको पक्ष मात्र लिएन साविकको एमाले र माओवादी ब्युँताउने काम पनि गर्‍यो । यो निर्णयलाई कसरी हेरिरहनुभएको छ ?

– अदालतको निर्णय मान्दिनँ भन्न मिलेन । अदालतले असाध्यै गैरजिम्मेवारपूर्ण फैसला गर्‍यो । कानुनी हैन राजनीतिक निर्णय गर्‍यो । ऋषि कट्टेलले मेरो नाम अर्कैले लग्यो, नाम दिलाइपाऊँ भनेर माग्नुभएको । तर, सर्वोच्चले त तिमीहरू अलग–अलग हौ । हिजो एमाले, माओवादीकै हैसियतमा फर्क भनिदियो । पार्टी विघटन भएरै नेपाल कम्युनिष्ट पार्टी बनेको हो ।

त्यहीपछि एमाले विघटन भयो अहिले सन्ध्या कट्टेलहरूको नाममा दर्ता छ, नेकपा माओवादी विघटन भई गोपाल किराँतीको नाममा दर्ता भएको हो । यो फैसलाले सिंगो कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का पुगेको छ । अदालतको फैसलाबाट पार्टी एकता नै भाँड्ने काम भएको छ । मुलुक झनै अस्थिरताको दिशातिर अघि बढ्नेछ ।

पहिलादेखि नै सेटिङ भनिँदै आएको थियो । सेटिङचाहिँ यतातिर भएको रहेछ । संसद् पुनःस्थापना हुने दिन नै पारेर अदालतबाट यो फैसला आउनुले पनि शंकालाई झन् मलजल गरेको छ ।

सर्वोच्चको यो फैसलासँगै नेकपाकै एकता संकटमा परेको छ । तर, यो घडीमा एउटा पंक्ति खुशीयाली मनाइरहेको छ । कस्तो लाग्दै छ ?

– एउटा विश्लेषण गर्ने क्षमता हुनुपर्छ । पार्टी एकता अहिलेको आवश्यकता हो । तर, पार्टी अदालतले फुटाउनुपर्ने आवश्यकता थिएन । गलत बाटोबाट भएको फैसलामा खुशी मनाउनु दुर्भाग्यको कुरा हो ।

एकातिर निर्णायक तहमा महिलाको प्रतिनिधित्व कम हुने, अर्कोतिर नेतृत्वको प्रतिवाद झण्डै शून्य स्थितिमा देखिने । किन यस्तो भएको होला ?

– अहिले दास मनोवृत्तिको विकास भयो । हिजो आन्दोलनमा लाग्दा महिलाको हैसियत थियो तर अहिले आफ्नो हैसियत भएन । पुरुषले देलान् भनेरै आश्रित हुनुपर्ने स्थिति रह्यो । नेतृत्वको विरोधमा बोल्दा नियुक्ति नपाइएला, नेतृत्व बिच्किएला, मेरो भविष्य के होला रु भन्ने मानसिकताले डेरा जमायो । दुःख नगरी पद प्राप्त गर्नका लागि नेतृत्वको चाकडी गर्नुपर्ने, नेतृत्वको प्रतिवाद गर्दा अवसर गुम्ने डरले नै त्यस्तो भएको हो । हिजोका दिनमा विद्रोह गरेरै हामी यो ठाउँमा आइपुगेका हौं । अहिले समानुपातिक प्रणालीले त झनै महिलालाई दास बनायो । हिजो आन्दोलनमा लाग्दा सांसद, मन्त्री बनौँला भनेर लागेको हो र ?

प्रतिनिधित्वकै कुरा गर्ने हो भने पनि ३३ प्रतिशत अनिवार्य महिला सहभागिताको मुद्दा संविधानको धारा पानामै सीमित रह्यो । क्याबिनेट, संसद्, पार्टी कतै पनि महिलाको ३३ प्रतिशत सहभागिता नहुनुमा पुरुषहरूको मानसिकताले काम गरेको हो वा सक्षम महिला नभेटिएर हो ?

– सक्षम नभएको कसरी भनौं ? हिजो युद्ध लडेर आएका महिला प्रशस्त छन् । ३३ प्रतिशत पुर्‍याउनका लागि सहभागी गराउने, निर्णायक तहमा नलाने सोच पितृसत्तात्मक मानसिक नेतृत्वमा हाबी छ । बागमतीकै कुरा गरौं न, यत्रो प्रदेशको राजधानी, त्यहाँको क्याबिनेटमा एक जना पनि महिला छैनन् । आफ्नै गुटको बनाए पनि भयो नि रु त्यो पनि छैन । महिलालाई दिनै नखोज्ने । कमजोर देख्ने । महिलालाई सदैव आफूभन्दा तल राख्न खोज्ने, हेप्ने । निर्णायक तहमा पु¥याउने मामलामा सक्षम नदेख्ने । कार्यकारी पद महिलालाई दिनै नचाहने ।

राजनीतिमा पनि सिण्डिकेट देखिन्छ । जति माथि उठेका वा आएका महिला छन् ती कतै न कतै पुरुषसँगको नातागोताका आधारमा उठेका देखिन्छन् । श्रीमान् वा आफन्त उपल्लो पदमा भएका कारण उठ्नु विकृति होइन ?

– हिजो क्रान्ति वा आन्दोलनबाट आएको पार्टीमा श्रीमान्रश्रीमती दुबै लागेका कारण अवसर पाएको एउटा कुरा भयो । क्षेत्रीय पार्टीहरूमा त्यो अझै बढी देखिन्छ । योगदानभन्दा पनि अनुदानका आधारमा माथि उठाइएकाहरू धेरै छन् ती पार्टीहरूमा । यो ३३ प्रतिशतको चरम दुरूपयोग हो । सबैलाई एकै भाँडोमा हालेर हेरिदिनुचाहिँ भएन । जस्तो अहिले ओनसरी घर्ती, वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, शक्ति बस्नेत, सत्या पहाडी यस्ता राजनीतिक पात्र धेरै छन् जो दुबै आन्दोलन युद्धमा सँगै थिए ।

एउटा मोर्चा सम्हालेर आएका थिए । मेरै सवालमा प्रश्न गर्नुहुन्छ भने म पार्टीको अध्यक्ष । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको हुँ । यसरी श्रीमान् वा परिवारसँग जोडिँदा के राजनीति गर्नु रु परिवारको एक जनाले मात्र राजनीति गर्नुपर्ने रहेछ भन्ने पर्छ । कहिलेकाहीँ संसद्मा यति जोडी, यी श्रीमान्÷श्रीमती माननीय भनेर आउँदा मन खिन्न हुन्छ ।

कुनै समय अखिल नेपाल महिला संघको नेतृत्व गर्नुभएको व्यक्ति अहिले राष्ट्र«पतिको भूमिकामा पुग्नुभयो । मुलुकले पहिलो महिला राष्ट्र«पति पायो । यो गर्वको विषय बन्यो । उहाँको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?

– उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो, जंगलमा निगुरो टिप्न गएका महिला बलात्कारपछि हत्या भयो । त्यो समयमा उहाँले आफ्नो मात्र बचाऊ गर्नुभयो । त्यो समयमा पनि उहाँको बारे धेरै कुरा उठेका थिए । उहाँबाट त्यस्तो अपेक्षा थिएन । हाम्रै प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न खोज्नुभयो । उहाँलाई चित्त बुझेन । जुनियर मान्छेलाई मुख्यमन्त्री बनाउन धेरै जोडबल गर्नुभयो । उहाँको जोडबलको अघि कसैको केही चलेन । महिला मात्र भनेर हुँदैन रहेछ भन्ने यहाँबाट प्रस्ट हुन्छ । वा त महिला पुरुष भन्नै भएन, महिला पुरुष जो भए पनि खुला प्रतिस्पर्धा गरेर आऊ भन्नुप¥यो ।

महिलाको कुरा पनि ठुल्ठूला स्वरमा गर्ने फेरि सक्षम महिलालाई अघि बढ्न बाधा अड्चन पु¥याउने प्रवृत्ति साह्रै नराम्रो हो । महिलालाई अघि बढाउने सवालमा महिला नै बाधक बन्ने अभ्यास लज्जाको विषय भयो । म यहीँ जिल्लामा पहिलो पटक पार्टी अध्यक्ष बन्दा महिलाहरूबाटै सोचेजस्तो सहयोग भएन । महिलाकै लागि भनेर चलाइएका संघ, संस्था छन् । ती पनि गुटमा लागे । कि त महिला भन्नै भएन । आफ्नै पार्टीको महिला उठेपछि गुटगत आँखाले हेर्ने प्रवृत्ति मौलायो ।

निर्मला पन्तको घटनामा दोषी पत्ता लाग्न नसक्दा अनेमसंघ कहाँ थियो रु भागरथी हत्या हुँदा अनेमसंघले बोल्न नहुने ? सार्वभौम राष्ट्रपति गुटको कार्यकर्ता बन्न मिल्ने कि नमिल्ने ?

– राष्ट्रपतिजस्तो गरिमामय पद एउटा गुटमा सीमित भयो । पार्टीभन्दा माथि उठी राष्ट्रको हकहितलाई सर्वोपरी मानेर निर्णय गर्नुपर्नेमा एउटा पार्टीको, सानो गुटको हितमा काम हुन थाल्यो । त्यसले गर्दा पनि महिलालाई माथि पु¥याएर के काम रु झन् कच्चा निर्णय हुँदो रहेछ, अक्षम हुँदा रहेछन् । ती अर्कोको इशारामा चल्दा रहेछन् भन्ने मान्यता स्थापित हुँदै गयो । यसले महिलालाई स्थापित हुन झन् अप्ठ्यारो पार्ने देख्दै छु ।

अनेमसंघको पछिल्ला गतिविधि कस्तो लाग्दै छ ?

– निर्मला पन्तको बलात्कारपछि हत्या भयो । वर्षौंसम्म दोषी पत्ता लाग्न नसक्दा अनेमसंघ कहाँ थियो रु भागरथी हत्या हुँदा अनेमसंघले बोल्न नहुने रु रामकुमारी झाँक्रीले बोलेकै आधारमा उनीमाथि कारबाहीका लागि ज्ञापन दिनुपर्ने रु रामकुमारीले एउटा प्रवृत्तिको कुरा गर्नुभएको हो । हामीकहाँ एउटा महिलालाई जतिबेला उसको श्रीमान्को मृत्यु वा हत्या हुन्छ अनि अघि बल्ल सारिन्छ । क्षमता छ वा छैन हेरिँदैन ।

सिधै सेतो साडीमा जनतामाझ उभ्याइन्छ र सहानुभूतिको मत बटुल्ने प्रयास हुन्छ । त्यही प्रवृत्तिको विरोध गर्नुभएको हो रामकुमारीले १ सक्षम महिलालाई अवसर दिने कुरामा जहिले पनि टीका लगाएर दिने, टिके प्रवृत्ति छ । त्यसको हामीले पनि विरोध गर्नुपर्छ । हिजो हामी क्रान्तिको जुन आगो बोकेर आयौं, आज त्यो प्रवृत्ति मर्दै गएको छ, दास प्रवृत्ति मौलाउँदै गएको अवस्था छ ।

केन्द्रको रोग बागमती प्रदेशतिर पनि सरेको देखिन्छ । त्यो विवादको जड के हो ?

– एकलकाँटे मनोवृत्ति नै हो विवादको जड । पार्टी एकता भएपछि जसरी सरकार बनेको छ, सरकारले पार्टीको निर्णय नमान्ने रोग छ । केन्द्रमा झैँ गुटगत सोचबाट बाहिर ननिस्कने, सहभागीदेखि हरेक कुरामा गुटगत चिन्तनले डेरा जमाएकै कारण समस्या हुँदै गएको हो । केन्द्रको अधिनायकवादको छायाँ अहिले प्रदेशतिर पनि सरेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न लगेका छौं । पहिला अविश्वासको प्रस्ताव फेस गर्छु भन्ने मुख्यमन्त्री रातारात संसद् स्थगित गराएर भागिरहेको स्थिति छ ।

तपाईकी छोरी मिस नेपाल बन्दा कम्युनिष्टका सन्तान पनि मिस नेपाल बनाइएको भन्दै चर्को आलोचना भयो । छोरी मिस नेपाल हुँदा कत्तिको खुशी लागेको छ ?

– आरोप त गलत साबित भइसक्यो । श्रृंखलाले एउटा ट्रेण्ड नै परिवर्तन गरिदिएकी छन् । अहिले मुलुक र हरेक क्षेत्रमा उसको गतिविधिले ब्युटी कन्टेस्ट भनेको शरीरको प्रदर्शन होइन, बौद्धिकताको प्रदर्शन रहेछ भन्ने कुरा स्थापित भएको छ । त्यसैमा मलाई गर्व छ ।

श्रीमान्र श्रीमती नै राजनीतिमा हुनुहुन्छ । यसरी राजनीतिमा होमिँदा परिवार चलाउन कत्तिको सकस हुँदो रहेछ ?

– बालबच्चा हुर्काउनेदेखि हरेक चिजमा अप्ठ्यारो हुँदोरहेछ । हिजो आन्दोलनबाट आइयो । पार्टीको जिम्मेवारी लिएर काम गर्दा घरपरिवार हेर्नुपर्ने, बालबच्चा हुर्काउनुपर्ने, समय दिनेदेखि सबै काम महिलाले भ्याउनुपर्छ । मेरो परिवारले मलाई बुझ्ने, साथसहयोग दिने भएका कारण सहज भयो । आफ्नो पूरा समय पार्टीमा दिएर लाग्नु भनेको चुनौतीपूर्ण विषय हो । त्यही चुनौतीलाई स्विकार्दै हामी अघि बढेका हौं । चुनौतीलाई स्विकारेर जो लड्न सक्छ उसैले अवसर प्राप्त गर्ने हो । यो चुनौती लिन मैले सानैदेखि सिकेँ ।

तपाईं जिल्लाको अध्यक्ष पनि । पार्टी छिन्नभिन्न भएपछि गतिविधि कस्तो छ ?

– हिजो अदालतले फैसला गरेपछि एमाले एमाले एक हौं भनेर हिँडिरहेको स्थिति छ । पार्टी कार्यालयमा तालबन्दी थियो । एक पक्षले ताला फोड्ने काम गर्दै छ । यसले अराजकता निम्त्याएको छ । झडपमा जाने स्थिति देखिँदै छ । एमाले हुँदा पनि पार्टी एकीकरणपछि अध्यक्ष मै हुँ । तर, अहिले उच्छृंखलता बढेको छ । हामी पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ भनेर लागेका हौं । अन्योल सदैव रहँदैन, एउटा निकासचाहिँ आउँछ तर यही अन्योलताको मौका छोपेर केही मान्छेले उच्छृंखल गतिविधि गरिरहेका छन् । त्यो उच्छृंखलता कति दिन टिक्ला र रु

तपाईहरूजस्ता नेत्रीको कुरा पार्टी हेडक्वार्टरले कत्तिको सुन्ने अवस्था छ ?

– महिला नै एकताबद्ध भएनन् । पार्टीमा भन्दा गुटमा रमाए । एकढिक्का भएर आवाज नउठाउने, गुट–गुटमै रमाउने भएपछि पार्टीले प्रयोग मात्र गर्छ महिलालाई । जो चाकरी गर्छ उसलाई अवसर दिने, जो विद्रोह गर्छ उसलाई पाखा पारिदिने, तिकडम गर्ने, लाञ्छना लगाउने गरी खेलिरहेको अवस्था छ ।
-जनआस्था बाट साभार ।

अघिल्लो सामग्रीमकवानपुर उद्योग वाणिज्य संघको चुनावी कार्यक्रम स्थगित
यसपछिको सामग्रीनेवारहरुको विश्व सम्मेलन हुँदै