चैत १० ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले परिपक्क आधार नभइ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताउनुभयो ।

उहाँले उपयुक्त समय आए कांग्रेस सरकारको नेतृत्व लिन पछि नहट्ने उल्लेख गर्नुभयो । उहाँले एमाले बाहेकका दलहरूसंग मिलेर सरकार बन्ने स्थिति भएपछि मात्र सरकारमा जान सकिने संकेत गर्नुभयो ।

सभापति देउवाले नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा निर्वाचनमा जानु नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

अघिल्लो सामग्रीयातायात क्षेत्र व्यवस्थित बनाउन के गर्ने ?
यसपछिको सामग्रीएक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी फेला