हेटौंडा, १२ चैत।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली जस्ता चाडपर्व घरमै मनाउन आग्रह गरेको छ।
आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गदैं यस्तो आग्रह गर्नुभएको हो । छिमेकी देश भारत तथा नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएकोले कोरोना बढ्न सक्ने भएकाले यस बर्षको होली घरैमा बसेर मनाउन सम्पुर्ण जिल्लाबासीलाई आग्रह गर्नुभएको हो ।
जारी विज्ञप्तिमा भिडभाड नगर्न नगराउन मेला, महोत्सव जस्ता कार्य नगर्न नगराउन पनि अनुरोध गरिएको छ। साथै मास्क, सेनिटाइजरको नियमित प्रयोग गर्न पनि आग्रह गरिएको छ ।