काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उमेर बढ्दै गए पनि आफूले क्रान्ति गर्न नछाड्ने बताउनुभएको छ ।

माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो उमेर ६७ वर्ष भए पनि अझै क्रान्तिको भोक रहेको बताउनुभयो । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेको भन्दै उहाँले एकपटक फेरि क्रान्तिमा अगाडि जाने बताउनुभयो ।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र काठमाडौं आउने खुलासा गर्नुभयो । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै दाहालले त्यसलाई सुधार गर्ने बताउनुभएको छ ।

अघिल्लो सामग्री‘लकडाउनकै कारण चिया अड्डाको शाखा खोल्न पायौं’
यसपछिको सामग्रीएलनको डिभोर्स