हेटौंडा, २७ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभामा अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवाललाई दुई प्रश्न ।
उद्योग वाणिज्य संघको आगामी चुनावमा यहाँको उम्मेदवारी केका लागि ?
मकवानपुर उद्योग वाणिज्य संघमा करिब ३७ वर्षदेखि सदस्य भएर व्यापार व्यवसायमा क्रियाशील छु । र, १३ वर्षदेखि म लगातार चुनाव लडिरहेको छु । प्रतिद्वन्द्वी भएर आइरहेको छु । केही भोटले तलमाथि भएको हो । मलाइ व्यवसायी साथीहरुले विश्वास गरिरहनु भएको छ । अबको चुनावमा मलाई विश्वासको मत दिनुहुन्छ भन्ने आशा राख्दछु ।
तपाईं विजयी हुनु भयो भने उद्योगी व्यवसायीको हकहितका लागि के के गर्ने सोच बनाउनु भएको छ ?
उद्योगी व्यवसायीलाई समस्या पर्दा उहाँहरुलाई जे अप्ठ्यारो पर्छ, कुनै पनि बेला म उपस्थित हुनेछु । व्यवसायीलाई कहिलेकहिँ अनुगमन, करलगायतका समस्यासमेत देखा पर्छ । त्यो अवस्थामा म उहाँहरुको ठाउँमा सहभागी हुन्छु । स्थानीय सरकारसँग समन्वय गरेर पार्किङको समस्या समाधानमा लाग्नेछु । अर्काे कुरा, जहिले पनि मजदुर र उद्योगीबीच सधैँ समस्या भइरहन्छ । वार्ता र सम्वादमार्फत समस्या समाधान गर्ने परम्परा नै छ । यस्तै, जिल्लाको विकासका लागि उद्योगीको भूमिका र सहभागिताका विषयमा समन्वय गरेर अघि बढ्ने छौँ ।