हेटौंडा २ चैत ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको उपाध्यक्ष भीम रावलको भनाई छ ।
बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् । माधव नेपाल पक्षले अध्यक्ष ओलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्गठनमा नयाँ नियुक्त गरेका निर्णय तत्कालै फिर्ता लिन माग गरेको छ । त्यस विषयमा छलफल गर्न सकिने अध्यक्ष ओलीले आश्वासन दिनुभएको बताइएको छ । यस्तै अध्यक्ष केपी शर्मा ओलीले भोलिका लागि बोलाएको कार्यकर्ता भेला र चियापान समारोह तथा केन्द्रीय कमिटीको बैठक समेत स्थगित गर्न नेपाल समूहले माग गरेको छ ।
मुख्य समाचार ओली र माधव नेपालबीचको छलफल निष्कर्ष विहिन